SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

विद्रोहको लोकतान्त्रिक आवाज हो रास्वपा : स्वर्णिम वाग्ले

चितवन : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपाको उदय राजनीतिमा सँस्कार स्थापना गर्नका लागि भएको बताएका छन् । रास्वपा नेता समेत रहेका अर्थमन्त्री वाग्लेले आफूहरु केवल एउटा दलको महाधिवेशनमा मात्र भेला भएको नभई नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्ने कोशिसमा रहेको बताए ।उनले रासवपा सिंगो राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको पार्टी भएको पनि उनले दावी गरेका छन् ।