SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

हाम्रा प्रधानमन्त्री 'अलग लेबलका बन्दा है' : सीके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई ‘अलग लेबलका मान्छे’ भएको बताएका छन्। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले बालेनको सोच र कार्यशैलीको प्रशंसा गरेका हुन्।सम्बोधनका क्रममा राउतले बालेन समस्याभन्दा माथि उठेर सोच्ने नेता भएको उल्लेख गरे। 'हाम्रो प्रधानमन्त्री अलग लेबलका बन्दा है। उहाँ समस्याभन्दा माथि उठेर सोच्नुहुन्छ। उहाँ ड्यासिङ र गुड लुकिङ हुनुहुन्छ,' उनले भने।