रास्वपालाई इतिहासले अवसर दिएको छ, यस्तो समय फेरि आउँदैन : राजेन्द्र लिङदेन
चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई इतिहासले अवसर दिएको र यस्तो समय फेरि–फेरि नआउने बताएका छन् ।चितवनमा रास्वपाको प्रथम महाधिवेशन उदघाटन समारोहमा शुभकामना व्यक्त गर्दै लिङदेनले झण्डै दुई तिहाइ जनमत पाएको रास्वपालाई देशको सम्मुनत विकास गर्ने अवसर जुरेको र यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताएका छन् ।
