SHARE
पर्दाफास · आइबार​ ७ असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

स्वर्णिम वाग्लेले भने- नयाँ राजनीतिक अध्याय लेख्दैछौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा सम्बोधन गर्दै रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताएका छन् । महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट नभई देशको निराशा र परिवर्तनको आकांक्षाबाट जन्मिएको पार्टी भएको दाबी गरे ।