SHARE
पर्दाफास · आइबार​ ७ असार २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

रास्वपालाई सिके राउतको सुझाव- जेनजी आन्दोलनको भावलाई नबिर्सनु

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जेनजी आन्दोलनको भावना, जनविश्वास र शहीदहरूको सपनालाई नबिर्सन सुझाव दिएका छन् । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राउतले आफू रास्वपालाई जेन–जी आन्दोलनबाट प्राप्त जनआस्था र विश्वासको मूल्य सम्झाउन महाधिवेशनमा सहभागी भएको बताएका हुन् ।