SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

मोटरसाइकलको ठक्करबाट रिक्सा चालकको मृत्यु, सडकमै शव राखेर चक्काजाम

सिरहा : सिरहाको धनगढी बजारमा सडकमै शवसहितको एम्बुलेन्स राखेर पूर्व–पश्चिम हाइबे स्थानीयहरुले सडक जाम गरेका छन् । अस्ती राति दुर्घटनामा धनगढीमाई–१० का किशन देव महतो घाइते भएका थिए । उपचारको क्रममा मृत्यु भएपछि आफन्त र स्थानीयहरुले धनगढीमाई बजारमा चक्काजाम गर्दै हड्ताल गरेका छन् ।ठक्कर दिने मोटरसाइकल चालक फरार भएका छन् । उनी अझै फेला परेका छैनन् । मृतक महतो सिटी रिक्सा चलाएर गुजारा गर्थे । रिक्सा रोकेर दही किन्न जाँदा मोटरसाइकलले ठक्कर दिएको थियो ।