महाधिवेशनमा नबोलाएपछि मुकुल ढकालको कटाक्ष- पार्टी स्थापना गर्ने म निम्तो सूचीमै परिनँ
रास्वपाको महाधिवेशनमा नबोलाएपछि डा. मुकुल ढकालले भावुक सन्देश सार्वजनिक गरेका छन् । पार्टीको प्रथम महाधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले चार वर्षअघि पार्टी स्थापना गर्दाका संघर्षपूर्ण दिनहरू स्मरण गरेका छन् ।
