रास्वपा महाधिवेशन : मतदानमा उम्मेदवारको नामको चिट लैजान नपाइने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा मतदानका क्रममा कुनै पनि उम्मेदवारको नाम लेखिएको चिट बोकेर जान नपाइने व्यवस्था गरिएको छ। महाधिवेशनको मतदान प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउन अनुशासन समितिले यस्तो नियम लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार मतदानस्थलमा प्रवेश गर्दा कुनै पनि प्रतिनिधिले उम्मेदवारको नाम, सूची वा चिट बोकेर जान पाउने छैनन्।
