सन्तानलाई कुपोषणबाट कसरी जोगाउने ?
शरीरमा शक्ति वृद्धि गर्ने खानेकुराको कमी हुन गएमा शरीरको हुनुपर्ने तौल र उचाइ कम हुन्छ भने कुपोषण भएको मानिन्छ।के कारणले हुन्छ ? खानाको कमी : बच्चाले विशेष गरी बिरामी अवस्थामा र अन्य बेला राम्ररी खान नपाएमा कुपोषण हुन्छ।ज्ञानको कमी : खानेकुरामा भएको पोषण तत्तले गर्ने फाइदाबारे जानकारी नभएमा र प्रशस्त खानेकुरा भए पनि कसरी तयार गर्ने र समय–समयमा खुवाउने तरिकाबारे ज्ञान नभएमा पनि कुपोषण हुन्छ।लक्षणहरू :बच्चालाई खान रुच्दैन, दुब्लाउँदै जान्छ, मिझो मान्ने (झर्कने) र रोइरहने हुन्छ।
