किन आवश्यक छ, एचपीभी खोप ?
नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ। महिलाहरूको क्यान्सरबाट मृत्यु हुनेमा भने यो पहिलो कारण रहेको छ। सन् २०२२ को तथ्यांकअनुसार हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट सरदर ४ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ। विश्वको अवस्था हेर्ने हो भने यो चौथो मुख्य क्यान्सरको स्थानमा रहेको छ। त्यस्तै, सन् २०२० को तथ्यांकअनुसार, न्यून र मध्यम आय भएका देशहरूमा ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू तथा मृत्यु हुनेको संख्या देखिएको छ।
