स्वस्थ दाँत, स्वच्छ मुख
प्रत्येक गर्भावस्थामा एउटा दाँत झर्दछ वा दाँत कमजोर हुने र दाँत झर्ने स्वाभाविक हो भन्ने सोचाइ गलत हो। त्यसैगरी हर्षा भएपछि, पायरिया र दन्त सडनमा दाँत ब्रस गर्न छाडेर औंलाले दाँत माझ्न थाल्नु, घरेलु तथा अन्य मन्जनहरू प्रयोग गर्नु पनि गलत हो, जसले गर्दा रोग बढ्दै जान्छ र केही समयमै उग्ररूप लिएर रगत आउने, दाँत हल्लिने, तीव्र दुर्गन्ध आउने र थोतोपना हुन जान्छ।भनिन्छ, मानिसहरूले स्वादिष्ट भोजनबाट तब मात्रै सन्तुष्टि लिन सक्छन् जब दाँतमा कुनै खराबी हुँदैन।
