SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

यसरी हुँदैछ रास्वपाको प्रथम महाधिवेशन उदघाटन

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । भरतपुरको गेष्ट हाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा जनाएको । उदघाटन समारोहस्थललाई सभापति रवि लामिछाने र प्रधाननमनत्री तथा बरिष्ठ नेता बालेन शाहको तस्वीरसहित सजाइएको छ । रास्वपाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ ।