SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

जापान ४ गोलले विजयी भएसँगै ट्युनिसिया विश्वकपबाट बाहिरियो

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा ट्युनिसियालाई ४–० ले पराजित गरेको छ। स्टाडियो मेन्टारीमा भएको खेलको पहिलो हाफमा २–० को अग्रता बनाएको जापानले दोस्रो हाफमा २ गोल थप्यो। जापानको जितमा आयसे उएदाले २ गोल गर्दा दाइची कामादा र जुन्या इटोले १–१ गोल गरे। खेलको सुरुवाती मिनेटबाटै नै जापानले ट्युनिसियाविरुद्ध दबाब बनाएको थियो। खेलको चौथो मिनेटमा दाइची कामादाले गोल गरेका हुन्।