सगरमाथामा भू–राजनीतिक भार : त्रिपक्षीय शक्ति संघर्ष
सन् २०२६ को वसन्तकालीन आरोहण सिजनमा सगरमाथाले आम नेपालीले अनुमान गरे भन्दा फरक एउटा नयाँ दृश्य देखायो–हिमाल अब केवल साहसिक अभियानको थलो नभई, विश्व शक्तिहरूको भू–राजनीतिक प्रतिस्पर्धाको मैदान हो । उत्तरमा चीनको मौनतापूर्ण बन्द, दक्षिणमा भारतीय सैन्य महिला टोलीको ऐतिहासिक आरोहण र बहालवाल अमेरिकी कुटनीतिज्ञको आरोहणसँगै बेस क्याम्पमा चीन–अमेरिकी ड्रोन प्रतिस्पर्धा ।यी अभ्यासहरुले नेपाली भूमिमा उनीहरुको जति चासो छ, नेपाली हिमालमा पनि त्यो भन्दा कम छैन भन्ने देखाएको छ ।
