SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

सुरक्षाकर्मी तैनाथ ठाउँ छेउकै लालबकैया नदीमा रोकिएन दोहन

रौतहट : रौतहटको फतुवा बिजयपुर, गुजरा नगरपालिका अन्तर्गत पर्ने लाल बकैयामा नदीजन्य पदार्थको दोहन रोकिएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको कमाण्ड नदी नजिकै भए पनि निर्वाध रुपमा नदिजन्य पदार्थको दोहन बढ्दै गएको स्थानीय बताउँछन् । जिल्लाको पश्चिमी क्षेत्रमा बग्ने लालबकैया नदी टेन्डर लागेर प्रक्रियामा गएको भए पनि असार महिनामा बन्द हुनु पर्नेमा उल्टै अवैध दोहनको चपेटामा परेको छ ।