साउदी जान सीप प्रमाणीकरण अनिवार्य, व्यवसायी भने असन्तुष्ट
साउदी अरब : साउदी अरबले नेपाली श्रमिकका लागि अनिवार्य रूपमा ‘सीप प्रमाणीकरण कार्यक्रम’को घोषणा गरेपछि नेपाली श्रमिक पठाउने प्रक्रिया जटिल बन्ने र रोजगारीको अवसर घट्न सक्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।साउदीले नेपाली कामदारका लागि आगामी १ जुलाईदेखि यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ। नेपाली दूतावास रियादका श्रम कन्सुलर कविराज उप्रेती भने श्रमिकको हितलाई केन्द्रमा राखेर यस्तो कार्यक्रम अगाडि बढाउनुपर्ने बताउँछन्।
