SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

गृहमन्त्री गुरुङले लिए रास्वपा महाधिवेशनस्थलको सुरक्षा अवस्थाबारे जानकारी

चितवन : गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आयोजनास्थलको स्थलगत अनुगमन गरेका छन् । गए रातिको भारी वर्षाका कारण कार्यक्रमस्थलमा पानी जमेर समस्या भएपछि गृहमन्त्री गुरुङले आयोजनास्थलमा पुगेर व्यवस्थापन अवस्थाबारे जानकारी लिएका हुन् । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रमस्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिएका हुन् । गए रातिको वर्षाको कारण महाधिवेशनस्थल जलमग्न बनेको छ ।