पोखरामा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
१२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले पोखराको फेवाताल किनारमा विशेष योग प्रदर्शन कार्यक्रम आयोजना गरेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण फेवातालको किनारमा आयोजित कार्यक्रममा स्थानीय समुदायका सदस्य, विभिन्न योग संस्थाका प्रतिनिधि, भारतीय सेनाका भूतपूर्व सैनिक तथा पोखरास्थित भारतीय राजदूतावासको पेन्सन भुक्तानी कार्यालयका अधिकारी एवं कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
