गाजा शहरमा इजरायली हवाई आक्रमण, दुई बालिकासहित ५ जनाको मृत्यु
एजेन्सी । गाजा शहरको मध्य र उत्तरी क्षेत्रमा शनिवार इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा परी दुई बालिकासहित पाँच जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बसलका अनुसार इजरायली सेनाले एक आवासीय अपार्टमेन्ट र सर्वसाधारणको समूहलाई लक्षित गरी सो हमला गरेको हो ।
