SHARE
पर्दाफास · आइबार​ ७ असार २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ ।