SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

नेपाल छिर्दै गरेका भारतीय नागरिक ठूलो परिमाणको लागुऔषधसहित पक्राउ

विराटनगर : मोरङको रंगेलीमा ठूलो परिमाणको लागुऔषध बोकेर नेपाल प्रवेश गरेका एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्लास्थित सिक्टी थाना अन्तर्गत आँपगाछी पञ्चायत–१४ का २५ वर्षीय अभिषेककुमार मण्डल रहेका छन् ।इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले आइतबार राति करिब ८ः३० बजे रंगेली नगरपालिका–५ भेडुवाथानबाट उनलाई पक्राउ गरेको हो ।