रास्वपाको प्रथम महाधिवेशन : ४,२११ प्रतिनिधि सहभागी हुने (नामसहित)
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुने भएका छन्। ७ प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका गरिएको सार्वजनिक भएको विवरण सच्याउनु पर्ने वा प्रकाशित नामावलीमा विरोध भएमा राष्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रीय निर्वाचन आयोग अन्तर्गत महाधिवेशन सचिवालय प्रदर्शनी स्थलमा सम्पर्क राख्न महामन्त्री कबिन्द्र बुर्लाकोटीले आग्रह गरेका छन्।
