SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

अङ्किता भट्टराईले जितिन ‘वेबसाइट निर्माण प्रतियोगिता सिजन ८’ को उपाधि

काठमाडौँ। क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जितेकी छन्। काठमाडौँमा शनिवार सम्पन्न भव्य ग्राण्ड फिनालेमा देशभरबाट सहभागी ३११ विद्यार्थीहरूलाई पछि पार्दै भट्टराई प्रथम भएकी हुन्। प्रतियोगितामा आइडियल मोडल स्कुलकी दिविशा शिल्पकार द्वितीय र अमृत सेकेन्डरी स्कुलका प्रतीक श्रेष्ठ तृतीय भएकी छन्।