अन्तरराष्ट्रिय योग दिवस सन्दर्भः आरोग्य पर्यटनमा योग
काठमाडौँ । आधुनिक चिकित्सा पद्धतिले शारीरिक रोगहरुको निराकरणमा अतुलनीय प्रगति हासिल गरे तापनि आन्तरिक बेचैनी, खराब आचरणबाट सृजित समस्याहरू र आत्मिक शून्यताको पूर्ण समाधान ठम्याउन सकेको देखिँदैन । यही धरातलमा टेकेर हाल विश्व परिवेशमा आरोग्य पर्यटनको दायरा निकै द्रुत गतिमा फैलिँदै गइरहेको अवस्था छ । आधुनिक जीवनसँगै धेरै मान्छेहरूको जीवनशैली परिवर्तन भएको छ ।
