SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

‘योगा–म्याट’ भन्दा माथिको जीवन–दर्शन

आज संसारभरि नै अन्तर्राष्ट्रिय योग दिवसको बेग्लै रौनकता र तामझाम छ । भनूँ भने, सिङ्गो विश्व नै यतिखेर योगमय बनेको छ । मानिसहरूमा योगप्रति एउटा अद्भूत श्रद्धा, उमङ्ग र कौतुहलता पलाएको प्रस्टै देखिन्छ ।हुन त, मानव समुदायले योगलाई यसरी उत्सवको रूपमा धुमधामसँग मनाउन थालेको धेरै हिउँद–बर्खा बितेका छैनन् । सन् २०१५ जुन २१ तारिखदेखि मात्रै विश्वमञ्चमा औपचारिक रूपमा अन्तर्राष्ट्रिय योग दिवसको श्रीगणेश भएको हो ।