SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं : आज अन्तरराष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज बिहान ७ बजे राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो।