सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
काठमाडौं : सरकारले देशैभरिका महिला तथा बालिकाहरूको सार्वजनिक आवागमनलाई सुरक्षित, सहज र सम्मानजनक बनाउने उद्देश्यले सातवटै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारको १०० दिने विशेष कार्यसूचीअन्तर्गत यो महत्त्वाकांक्षी परियोजनालाई उच्च प्राथमिकतामा राखेर तीव्र गतिमा काम गरिरहेको जनाएको छ ।
