SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

गोलकिपर रुमको उत्कृष्ट प्रदर्शनसहित कुरासाओलाई विश्वकपमा पहिलो अंक

काठमाडौं : फिफा विश्वकप २०२६ मा विश्वकप डेब्यू गरेको कुरासाओका गोलकिपर एलोए रुमको उत्कृष्ट १५ बचावसहित विश्वकपमा पहिलो अंक जोडेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै कुरासाओले विश्वकपमा पहिलो अंक जोडेको हो। खेलअवधीभर एलोएले एक दर्जनभन्दा बढी सटहरु बचाए।लगातार दबाब बनाएको इक्वेडरलाई गोलरहित बराबरीमा रोक्न गोलकिपर रुमको उत्कृष्ट प्रदर्शन रह्यो। हालसम्म विश्वकपमा सर्वाधिक सेभ(वचाब) गर्ने किर्तिमान अमेरिकन गोलकिपर टिम हर्वाडको नाममा रहेको छ।