योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन् । बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उनले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका हुन् ।
