पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा निर्माण गरिएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायतका संरचनाहरू शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बसपार्क निर्माण कार्यलाई तीव्रता दिने अभियान अन्तर्गत महानगरपालिकाले सेती नदीतर्फ रहेको उक्त कम्प्लेक्स भत्काएको हो।
