रोकिएन सेयर बजारको ओरालो यात्रा
काठमाडौं : बजेट घोषणापछि ओरालो यात्राको सेयर बजार असारको पहिलो सातामा आइपुग्दा पनि रोकिएको छैन। यस साता ५ दिनै सेयर कारोबार भयो। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २ दिन अति सामान्य बढ्यो भने ३ दिन घट्यो। अघिल्लो साता पनि सेयर बजार घटेकै थियो।अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७२४.०३ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा झर्यो। त्यसको भोलिपल्ट मंगलबार पनि ६.३१ अंकले घट्यो।
