SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

जनस्वास्थ्यमाथिको गम्भीर जोखिम

सुदूरपश्चिमको एक प्रादेशिक अस्पतालको सघन उपचार कक्षबाहिर एक वृद्ध बुबा आफ्नी २२ वर्षीया छोरीको जीवनरक्षाका लागि छटपटिँदै प्रार्थना गरिरहेका छन्। सामान्य शल्यक्रियामा भएको गम्भीर ‘चिकित्सकीय लापरबाही’का कारण उनकी छोरी मृत्युसँग जुधिरहेकी छन्।