आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित ‘मानव सेवा आश्रम’को झापा शाखा आफन्तको साथ टुटेर सडकमा पुगेका ४० भन्दा बढी असहायका लागि दर्बिलो आश्रयस्थल बनेको छ । स्थानीय रामबहादुर प्रधान र उनका दुई पत्नी सोही आश्रममा बस्छन् । दुई बिघा पाँच कट्ठा क्षेत्रफलमा फैलिएको आश्रम डेढ वर्षअघि उद्घाटन भएको हो ।
