SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

धरान । “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आउनुभएका विकास खड्काले भने । तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित यहाँ आएको उनले बताए ।