रास्वपा महाधिवेशन : सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने, अरूमा कति ?
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ५१ हजार रुपैयाँ शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक चाहिने भएको छ । रास्वपा निर्वाचन आयोगले उम्मेदवारी दर्ता, शुल्क तथा आवश्यक कागजातबारे सूचना जारी गर्दै सभापति पदमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने जनाएको हो ।
