SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

कर्णालीका सडकको कहर

कुनै बेलाको राष्ट्रिय लक्ष्य नै थियो, कर्णालीमा सडक पुर्‍याउने। अहिले कर्णालीका जिल्लाहरूमा सडक नपुगेको भन्ने चिन्ताचाहिँ फिटिक्कै छैन। बरु ती सडक ज्यानमारा पो बने कि ? भन्ने पिरलोचाहिँ मजैले हुन्छ। हिजो बिरामीलाई औषधोपचारका लागि सहर पुर्‍याउने सडक थिएनन्, तर आज कर्णालीका ती दुर्गम ठाउँहरूमा बनेका सडक नै मृत्युको कारण बनिरहेका छन्। नहुँदा एउटा पीर, हुँदा सय पीर भने झैं भएका छन् ती सडक। किनभने सडक बने पनि गुणस्तरीय नहुँदा अत्यधिक दुर्घटना हुने गरेको छ।