इरानले हर्मुज बन्द गर्ने घोषणा गरेलगत्तै वार्ताका लागि अमेरिकी उपराष्ट्रपति स्विट्जरल्याण्ड प्रस्थान
काठमाडौं : लेबनानमा इजरायलले पुनः हवाइ आक्रमण तीव्र पारेसँगै मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ। यसैबीच इरानले रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिने 'हर्मुज जलडमरू' बन्द गर्ने घोषणा गरेको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, लेबनानमा भइरहेको इजरायली आक्रमणको जवाफमा इरानले यो कदम चालेको हो। यद्यपि, अमेरिकी सेनाले उक्त जलमार्गमा इरानको नियन्त्रण रहेको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।
