SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

गोली प्रहार गरी ३ जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौँ : लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी ३ जना लागूऔषधको क्रोनिक कारोबारीलाई आज काठमाडौंको बालकुमारीबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरीको राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।