रास्वपाको उम्मेदवारी दर्ता शुल्क सार्वजनिक: सभापतिका लागि ५१ हजार, अरूलाई कति ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दर्ताको शुल्क सार्वजनिक गरेको छ। आज सार्वजनिक भएको सूचना अनुसार सभापति पदमा उम्मेदवारी दिनका लागि ५१ हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यमा उम्मेदवारी दिनका लागि रास्वपाले २१ हजार शुल्क तोकिएको छ।
