SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

बर्ड फ्लु संक्रमणको सूचना लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा तानिए

काठमाडौं : सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन्। कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ।