SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

विराटनगरमा किरात–बौद्ध–हिन्दू सम्मेलन : धार्मिक एकता र सनातन समन्वयको सन्देश

विराटनगरमा हिन्दू स्वयंसेवक संघ, नेपालको आयोजनामा सम्पन्न किरात–बौद्ध–हिन्दू सम्मेलनले धार्मिक सहअस्तित्व, सांस्कृतिक समन्वय र सामाजिक सद्भावको सन्देश प्रवाह गरेको छ। सम्मेलनमा विभिन्न धार्मिक समुदाय, जनजातीय प्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।