प्रधानमन्त्री बालेन्द्र शाह रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा सहभागी (फोटोफिचर)
काठमाडौं : वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी भएका छन्। शनिबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्र नाथको रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको छ।भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरेका थिए। सोही अवसरमा राष्ट्रपति पौडेलले मच्छिन्द्रनाथको दर्शन गर्दै प्रसाद ग्रहण गरेका थिए।
