SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

पाकिस्तानका गृहमन्त्री इरानको मशहद शहर पुगे, वार्ता गर्न राजधानी जाने

पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वी इरानको मशहद शहर पुगेका छन्। इरानको आधिकारिक समाचार एजेन्सी इरनाका अनुसार इरान पुगेका उनले इमाम रेजाको चिहानको भ्रमण गर्नेछन्।  त्यसपछि अधिकारीहरूसँग वार्ता गर्न राजधानी तेहरान जानेछन्।बीबीसी फारसीले केही रिपोर्टहरूलाई उद्धृत गर्दै पाकिस्तानी गृहमन्त्रीले स्विट्जरल्याण्डमा अमेरिका र इरानबीचको प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने बारेमा छलफल गर्न लागेका हुन्।