SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

धवल शमशेरलाई लिङ्देनले भने– पार्टी छाडेर गल्ती नगर्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी परित्याग गर्नुभएको पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गरेका छन् । पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसंग कुरागर्दै उनले पार्टी छाडेर गल्ती नगर्न आग्रह गरेका हुन् । उनले नेताहरूले पार्टी छाडेको कुरा जानकारीमा नआएको बताए ।