SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

रातो मत्स्येन्द्रनाथको रथयात्राको अन्तिम दिन देखाइयो भोटो

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिवार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ । परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच सो भोटो प्रदर्शन गरिएको हो । भोटो देखाउने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थिति रहेको थियो ।