SHARE
पर्दाफास · शनिबार ६ असार २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

सरकारको ‘सय दिनमा सय काम’ लक्ष्य प्रभावकारी नभएको कांग्रेस महामन्त्री पौडेलको टिप्पणी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी नभएको टिप्पणी गरेका छन् । शनिवार सिंहदरबारमा सम्पन्न नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री पौडेलले सरकारले तोकेका कतिपय कामहरूमा छलफलसम्म हुन नसकेको बताएका हुन् ।