हामी सार्वजनिक परीक्षणमा छौं, महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गरौं : रवि लामिछाने
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । महाधिवेशनअघि शनिबार चितवनमा बसेको रास्वपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले स्वच्छ प्रतिस्पर्धाबाट पार्टीलाई नयाँ उचाईतर्फ लान सक्ने भन्दै यसतर्फ ख्याल गर्न आग्रह गरेका हुन् ।उनले निर्वाचनबाट जस्तो परिणाम आए पनि रास्वपाका सबै नेता तथा कार्यकर्ताहरु एउटा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे ।
