SHARE
अन्नपूर्ण · शनिबार ६ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

सरकारका काम र क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढिरहेको छ : माधव नेपाल

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रको हितको रक्षा गर्नका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने बताएका छन् ।शनिबार काठमाडौंमा पार्टीको बुद्धिजीवि भेलालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले राष्ट्रको हितको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको भन्दै यसका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने बताएका हुन् । जनता, राष्ट्र, परिवर्तन रूपान्तरणको पक्षमा प्रष्ट सोचका साथ नेकपा अघि बढ्ने उनले बताए ।