यो साता देशका यी स्थानमा हुनेछ भारी वर्षा
काठमाडौं : यो साता देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो साता उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। यस साता हिमाली भू-भाग अन्तर्गत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
