SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

संविधान र गणतन्त्रको रक्षामा रास्वपा प्रतिबद्ध छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । शनिबार चितवनमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा प्राप्त भएका परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष, त्याग र बलिदानको परिणाम भएको उल्लेख गरे ।